एजेन्सी, १९ कार्तिक । फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एन्जर्सलाई फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा पिएसजीले एन्जर्सलाई ५–० को फराकिलो अन्तरले हराएको हो ।
पिएसजीका लागि एडिन्सन काभानी र किलियन बाप्पेलेले दुई दुई तथा जुलियन ड्राक्सलरले एक गोल गरे ।
चोटका कारण विश्वकै महंगा खेलाडी नेइमार बिना नै मैदानमा उत्रिएको खेलमा पिएसजीले यो सिजनमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
यो जितसँगै पिएसजीले १२ खेलमा १० खेलमा जित र दुर्इमा बराबरी गर्दै ३२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मोनाको २८ अंक रहेको छ ।
पिएसजीले एन्जर्सलाई ५–० ले हरायो
0
Share.
Comments