एजेन्सी, १९ कार्तिक । न्यूजिल्याण्डले भारतसँगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट एक–एकको बराबरीमा पुर्याएको छ । हिजो भएको खेलमा भारतलाई ४० रनले हराउँदै न्यूजिल्याण्डले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा पुर्याएको हो ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर ब्याटिङ रोजेका थिए । कोलिन मुनरोको शतकसँगै न्युजिल्यान्डले २ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो ।
जवाफमा कप्तान विराट कोहलीको अर्धशतकका वावजुद भारतले ७ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । मुनरो र मार्टिन गुप्टिलले पहिलो विकेटका लागि ११.१ ओभरमा १ सय ५ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई बलियो अवस्थामा पुर्याएका थिए । मुनरोले अविजित १ सय ९ रन बनाए भने गुप्टिल ४५ रनमा आउट भएका थिए ।
टि ट्वेण्टीमा मुनरोले ५४ बलमा दोस्रो शतक पुरा गरे । ५८ बल खेलेका उनले ७ चौथा र उत्तिनै छक्का प्रहार गरे । त्यस्तै कप्तान विलियम्सनले १२ रन जोडे भने ब्रुस अविजित १८ रनमा रहे । जवाफमा भारतको सुरुआत नै कमजोर रह्यो ।
ओपनर रोहित शर्मा र शिखर धवनलाई ट्रेन्ट बोल्टले आउट गरेपछि भारत दबाबमा परेको थियो । भारतका लागि कप्तान कोहलीले ६५ रन बनाए भने पूर्व कप्तान महेन्द्र सिंह धोनीले ४९ रन जोडे । श्रेयास ऐयरलेले २३ रन बनाएका थिए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो आकंडा छुन सकेनन् । न्युजिल्यान्डका लागि बोल्टले ४ विकेट लिएका थिए ।
अब तेस्रो तथा निर्णायक खेल मङ्गलबार ग्रिनफिल्डअन्तर्राष्ट्रिय रङ्गशालामा हुने छ ।
न्यूजिल्याण्डले हरायो भारतलाई
0
Share.
Comments