एजेन्सी, १६ कात्तिक । टोटनह्यामले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । घरेलु मैदानमा गएराति भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इंंग्लिस क्लब टोटनह्यामले साबिक विजेता स्पेनिस क्लब मड्रिडलाई ३–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
टोटनह्यामको जितमा डेल अलीले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे । मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले एक गोल गरे ।
टोटनह्यामले रियल मड्रिडलाई यो पहिलोपटक हराएको हो । यसअघिका पाँच खेलमा तीन खेलमा टोटनह्याम पराजित भएको थियो भने दुई खेलमा बराबरी भएको थियो ।
जितपछि टोटनह्यामले दुई खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको छ । उसको १० अंक भएको छ भने दोस्रो स्थानको रियल मड्रिडको सात अंक छ । समूह ‘एच’ कै खेलमा बोरुसिया डर्टमुण्डले एमोइल निकोशियासँग १–१ को बराबरी खेल्यो ।
टोटनह्यामले रियल मड्रिडलाई हरायो
0
Share.
Comments