एजेन्सी, १२ कार्तिक । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २–० ले हराएर अपराजित यात्रा कायम राखेको हो ।
अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले ३६ औं मिनेटमा र दोस्रो हाफको इन्जुरी समयमा पाउलिन्होले गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको १० खेलबाट २८ अंक भएको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ ।
राति नै भएको खेलमा एलाभेसलाई २–१ ले हराएको भ्यालेन्सिया १० खेलबाट २४ अंकसहित दोस्रो स्थानमा कायम छ । अर्को खेलमा लेगानेसलाई २–१ ले नै हराएको सेभिल्ला १० खेलबाट १९ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।
राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिड भने बराबरीमा रोकियो । एथ्लेटिको मड्रिडले भिल्लारियलसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । चौथो स्थानको एथ्लेटिको मड्रिडको १० खेलबाट २० अंक भएको छ ।
बार्सिलोनाको अपराजित यात्रा कायम
0
Share.
Comments