एजेन्सी, १२ कार्तिक । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ३–२ ले हराएर अपराजित यात्रा कायम राखेको हो । सिटीको यो लिगमा लगातार आठौं जित हो ।
म्यानचेस्टर सिटीका लागि दशौं मिनेटमा लिरोय सानेले, १५ औं मिनेटमा फर्नानडिन्होले र ६४ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गरे । यस्तै, वेष्ट ब्रोमका लागि १३ औं मिनेटमा जय रोड्रिग्वेजले र दोस्रो हाफको इन्जुरी समयमा म्याट फिलिप्सले गोल गरे ।
जितपछि शीर्ष स्थानको सिटीको १० खेलबाट २८ अंक भएको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले अघि छ । १० खेलबाट १० अंक नै रहेको वेष्ट ब्रोम १४ औं स्थानमा छ ।
म्यानचेस्टर सिटीको अपराजित यात्रा कायम
0
Share.
Comments