एजेन्सी, १२ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल, चेल्सी र लिभरपुल विजयी भएका छन् । एराति भएको खेलमा आर्सनलले स्वान्सी सिटीलाई २–१ ले, चेल्सीले बोर्नमाउथलाई १–० ले र लिभरपुलले हडल्र्सफिल्डलाई ३–० ले हराउँदै विजयी भएका हुन् ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले स्वान्सी सिटीलाई २–१ ले हरायो । आर्सनलका लागि ५१ औं मिनेटमा कोलासिनाकले र ५८ औं मिनेटमा आरोन रामसीले गोल गरे । यस्तै, स्वान्सीका लागि २२ औं मिनेटमा क्यालुकासले गोल गरे । जितपछि १० खेलबाट १९ अंक जोडेको आर्सनल पाँचौं स्थानमा कायम छ ।
अर्को खेलमा चेल्सीले बोर्नमाउथलाई १–० ले हरायो । चेल्सीका लागि ५१ औं मिनेटमा इडन हजार्डले गोल गरे । जितपछि १० खेलबाट १९ अंक भएको चेल्सी चौथो स्थानमा कायम छ ।
यस्तै राति नै भएको खेलमा लिभरपुलले हडल्र्सफिल्डलाई ३–० ले हरायो । लिभरपुलका लागि ५० औं मिनेटमा ड्यानियल स्टुरेज, ५८ औं मिनेटमा रोबर्टो फिरमिनो र ७५ औं मिनेटमा विज्नाल्डमले गोल गरे । जितपछि १० खेलबाट १६ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।
राति नै भएको खेलमा स्टोक सिटीले वाट्फोर्डलाई १–० ले हरायो । क्रिष्टल प्यालेस र वेष्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
आर्सनल, चेल्सी र लिभरपुल विजयी
0
Share.
Comments