एजेन्सी, १० कात्तिक । कोपा डेल रे फुटबलको अन्तिम ३२ को पहिलो लेगमा रियल म्याड्रिडले फुयेनलाब्राडालाई हराएको छ । गए राति भएको खेलमा म्याड्रिडले स्पेनिस लिगको तेस्रो डिभिजनको क्लब फुयेनलाब्राडालाई २–० ले हराएको हो ।
म्याड्रिडले दुवै गोल पेनाल्टी मार्फत गरेको हो । पहिलो गोल खेलको ६३ औं मिनेटसम्म भएको थियो । फ्रान गार्सियाले १८ वर्षीय अच्राफ हाकिमीलाई फल गर्दा पाएको पेनाल्टीलाई मारको असेन्सियोले गोलमा परिणत गरेका थिए ।
७९ औं मिनेटमा काण्डेलाको फलमा पाएको पेनाल्टीमा लुकास भाजक्वेजले रियललाई पेनाल्टी मार्फत दोस्रो गोल दिलाए ।
रियल म्याड्रिडले फुयेनलाब्राडालाई हरायो
0
Share.
Comments