एजेन्सी, ८ कार्तिक । म्यानचेस्टर सिटी काराबावो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा सिटीले वल्भरह्याम्टनलाई टाइब्रेकरमा ४–१ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो । वल्भरह्याम्टनविरुद्धको जितसँगै यो सिजन सिटी लगातार १४ खेलमा अपराजित रहेको छ ।
यस्तै गएराति नै भएको खेलमा आर्सनलले नरविच सिटीलाई २–१ ले, ब्रोनमाउथले मिडल्सब्रोलाई ३–१ ले, ब्रिस्टल सिटीले क्रिष्टल प्यालेसलाई ४–१ ले, लिसेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएका छन् ।
साथै क्वाटर फाइनलका लागि आज राति चेल्सी र इभर्टन साथै टोटनहाम र वेष्ट हाम युनाइटेडबिच खेल हुँदैछ ।
म्यानचेस्टर सिटी काराबावो कपको क्वाटरफाइनलमा
0
Share.
Comments