एजेन्सी, ६ कार्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–० ले हराउँदै विजयी भएको हो ।
साबिक विजेता रियल मड्रिडको जितमा मार्को एसेन्सिओ र मार्सेलोले गोल गरे । यस्तै, एइबरका राड्रिग्वेज ओलिभेराले १८ औं मिनेटमा आत्मघाती गोल गरे ।
जितपछि ९ खेलबाट रियल मड्रिडको २० अंक भएको छ । तेस्रो स्थानमा रहेको रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा पाँच अंकले पछि छ ।
राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेल्टा डि भिगोलाई १–० ले हरायो । एथ्लेटिकोका लागि २८ औं मिनेटमा केविन गामेइरोले गोल गरे । जितपछि चौथो स्थानको एथ्लेटिको मड्रिडको ९ खेलबाट १९ अंक भएको छ ।
अरु खेलमा भल्लिारियलले लास पालमसलाई ४–० तथा लेगानेसले एथ्लेटिको बिल्बाओलाई १–० ले हरायो ।
रियल मड्रिड विजयी
0
Share.
Comments