एजेन्सी, ६ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्यामले लिभरपुललाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लिभरपुललाई ४–१ ले हराएको हो ।
टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिन र डेल अलीले एक एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सालहले एक गोल फर्काए ।
जितपछि टोटनह्यामको ९ खेलबाट २० अंक भएको छ भने लिग लिडर म्यानचेष्टर सिटीको २५ अंक छ । लिभरपुल भने १३ अंकसहित नवौं स्थानमा छ ।
टोटनह्यामले लिभरपुललाई ४–१ ले हरायो
0
Share.
Comments