एजेन्सी, ६ कार्तिक । फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो अपराजित यात्रा कायम गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा पिएसजीले मार्सेइलीसँग २–२ को बराबरी खेलको हो ।
पिएसजीका लागि ३३ औं मिनेटमा नेइमारले र ९३ औं मिनेटमा काभानीले गोल गरे । यस्तै, ६ औं मिनेटमा लुइज गुस्तावोले र ७८ औं मिनेटमा फ्लोरियन थविनले गोल गरे ।
पहिलो हाफमा गोल गरेका स्टार खेलाडी नेइमारले ८७ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । बल नियन्त्रणमा लिएर अघि गइरहेका बेला नेइमारलाई मार्सेइलीका लुकास ओकाम्पोसले लडाए । नेइमारले उठेर उनलाई धकेले । रेफ्रीले लुकासलाई एक र नेइमारलाई दुई ओटा पहेँलो कार्ड देखाएपछि नेइमार मैदान बाहिरिन बाध्य भए ।
बराबरीपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको मोनाकोको २२ अंक छ ।
पीएसजी बराबरीमा रोकियो, नेइमारलाई रेड कार्ड
0
Share.
Comments