एजेन्सी, ५ कात्तिक । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले मालागालाई २–० गोल अन्तरले हराउँदै अपराजित यात्रा कायमै राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जेरार्ड डेउलोफु र इनिस्टाले गोल गरे ।
जितपछि लिग लिडर बार्सिलोनाको ९ खेलबाट २५ अंक छ भने दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको २१ अंक छ । एक खेल कम खेलेको रियल मड्रिडको १७ अंक छ ।
बार्सिलोनाको अपराजित यात्रा कायमै
0
Share.
Comments