एजेन्सी, ५ कात्तिक । हडर्सफिल्ड टाउनले म्यानचेस्टर युनाइटेडलाई ६५ वर्षपछि हराएको छ । सन् १९५२ पछि हडर्सफिल्डले म्यानचेस्टरविरुद्ध पहिलो जित हात पारेको हो ।
इंग्लिस प्रिमियर लिगको यो सिजनमा अपराजित रहँदै आएको म्यानचेस्टरले हडर्सफिल्डसँग गए राति भएको खेलमा २–१ को गोल अन्तरले पहिलो हार बेहोरेको हो ।
हडर्सफिल्डका लागि आरोन मोय र लरेन्ट डेपोएट्रेले एक एक गोल गरे। यस्तै, म्यानचेस्टरका लागि मार्कोस रासफोर्डले ७८ औँ मिनेटमा गोल गरे ।
म्यानचेस्टरको ९ खेलबाट २० अंक रहेको छ भने समान खेलबाट म्यानचेस्टर सिटीको २५ अंक रहेको छ ।
६५ वर्षपछि हरायो हडर्सफिल्डले म्यानचेस्टर युनाइटेडलाई
0
Share.
Comments