एजेन्सी, २ कार्तिक । गएराति भएको सनसनीपूर्ण खेलमा चेल्सी र रोमाले बराबरीमा खेल्दै अंक बाडेका छन् । च्याम्पियन्स लिग अन्तर्गत समूह सी मा इङ्ग्लिस टोली चेल्सीले घरेलु मैदानमा इटालियन क्लब रोमासँग ३–३ को बराबरी खेल्दै अंक बाडेका हुन् ।
चेल्सीका लागि डेभिड लुइजले एक तथा इडेन हाजार्डले दुई गोल गरे । यस्तै, रोमाका लागि अलेक्सान्दर कोलारोभले एक तथा इडिन जेकोले दुई गोल गरे ।
बराबरीपछि चेल्सीको सात अंकसहित समूह ‘सी’को पहिलो स्थानमा छ भने रोमाले ५ अंकसहित दोस्रो स्थान ओगटेको छ ।
गएराति नै समूह ‘सि’ को अर्को खेलमा टर्किस क्लब काराबागले एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोकेको छ । एथ्लेटिको मड्रिडले तीन खेलमा हार र २ बराबरी गर्दै २ अंकका साथ तेस्रो स्थानमा छ भने काराबाग १ अंकका साथ समूहको पुछारमा रहेको छ ।
यसैगरी अर्को खेलमा इङ्ग्लिस टोली म्यानचेस्टर युनाइटेडले समूह ए मा बेन्फिकालाई १–० ले हराएको छ । म्यानचेस्टर युनाइटेडका लागि मार्कोस रासफोर्डको ६४ औं मिनेटको गोल गरे ।
जितसँगै युनाइटेडको ३ खेलमा ९ अंक रहेको छ भने बेन्फिका अंक विहीन रहेको छ ।
चेल्सी र रोमा बराबरी
0
Share.
Comments