एजेन्सी, १ कार्तिक । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई गोलको वर्ष गरेको छ । समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले मारिबोरलाई ७–० ले हराएको हो ।
लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरे ।
कीर्तिमानी जितपछि लिभरपुल तीन खेलबाट पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यहि समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिल्ला रुसी क्लब स्पार्टक मस्कोसँग ५–१ ले पराजित भयो । मस्कोको पनि समान पाँच अंक नै भएको छ ।
लिभरपुलद्वारा गोलको वर्षा
0
Share.
Comments