एजेन्सी, १ कार्तिक । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रा कायम राखेको छ । समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लब नापोलीलाई २–१ ले हराएर लगातार तेस्रो जित दर्ता गरेको हो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङ र गाब्रिएल जिससले गोल गरे । नापोलिका लागि एमाडु डिएवाराले एक गोल फर्काए ।
जितपछि समूहको शीर्ष स्थानमा रहेको सिटीको ९ अंक भएको छ । तीन अंक जोडेको नापोली तेस्रो स्थानमा छ ।
यहि समूहको अर्को खेलमा शाख्तर डोनेस्कले फाइनुर्डलाई २–१ ले हरायो । शाख्तर ६ अंकसहित समूहको दोस्रो स्थानमा छ । यस्तै समूह ‘जी’ अन्तर्गतको खेलमा बेसिक्टासले मोनाकोलाई २–१ तथा आरबी लइप्जिगले एफसी पोर्टोलाई ३–२ ले हरायो ।
म्यानचेस्टर सिटीको लगातार तेस्रो जित
0
Share.
Comments