एजेन्सी, १ कार्तिक । बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिने पक्का भएको छ ।
जर्मन बुण्डेस लिगा फुटबल लिडर डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको समूह ‘एच’ अन्तर्गत गएराति भएको खेलमा साइप्रसको क्लब एपोइल निकोसियासँग १–१ को बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिने पक्का भएको हो ।
निकोसियाका लागि ६२ औं मिनेटमा पोटेले गरे गरे । यस्तै, डर्टमुण्डका लागि ६७ औं मिनेटमा पापास्टाथोपोउलोसले गोल गरे ।
यो बराबरीपछि सन् २०१३ को उपविजेता बोरुसिया डर्टमुण्ड यसपटक समूह चरणबाटै बाहिरिने पक्का भएको हो । डर्टमुण्डले अब समूह चरणको खेलमा आउँदो नोभेम्बरमा निकोसिया र टोटनह्याम तथा डिसेम्बरमा रियल मड्रिडसँग खेल्ने छ ।
बोरुसिया डर्टमुण्ड समूह चरणबाटै बाहिरिने पक्का
0
Share.
Comments