एजेन्सी, ३० असोज । पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १० विकेटले हराएको छ । क्विन्टन डि कक र हासिम अमलाले अविजित शतक बनाउने क्रममा कीर्तिमानी साझेदारी गरेपछि दक्षिण अफ्रिकाले पहिलो एक दिवसिय क्रिकेटमा बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको हो ।
हिजो भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो । प्रतिउत्तरमा विना विकेटको क्षति ४३ बल बाँकी रहँदा २ सय ८२ रन जोडदै दक्षिण अफ्रिकाले जित हासिल गरेको हो ।
दक्षिण अफ्रिकाका एण्टोन डे कक १ सय ६८ र हासिम अम्ला १ सय १० रनमा नटआउट रहे । बंगलादेशका ७ जना बलरले बलिङ गरेपनि कसैले विकेट लिन सकेनन् ।
तीन एक दिवसिय श्रृखंलाको दोस्रो खेल बुधबार हुनेछ ।
दक्षिण अफ्रिकाले बंगलादेशलाई १० विकेटले हरायो
0
Share.
Comments