काठमाडौ, ३० असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्द भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ ।
हङकङमा हिजो आएको सामुद्रिक तुफानसँगै वर्षा भएपछि आजका लागि सारिएको खेल पनि वर्षाले स्थगित भयो । त्यसपछि अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । यस नतिजाले नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्न असफल भएसँगै डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो, १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्याएको हङकङ चौथो र १२ अंक जोडेको केन्या पाचौं स्थानमा छ ।
आगामी डिसेम्बरमा प्रतियोगिताका अन्तिम चरणका खेलहरु हुनेछन् । त्यस चरणमा नेपालले युएईसँग उसकै मैदानमा दुई खेल खेल्नेछ ।
अंक बाडेपछि नेपाल डिभिजन टूमा घटुवा
0
Share.
Comments