एजेन्सी, २९ असोज । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा शानदार जित दर्ता गरेको छ । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई ७–२ ले हराउँदै शानदार जित दर्ता गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले दुई तथा रहिम स्ट्रर्लिङ, डेविड सिल्भा, फर्नानडिन्हो, लिरोय साने र बर्नार्डो सिल्भाले एक–एक गोल गरे । स्टोक सिटीका लागि मेम मिरम डिउफले एक गोल गरे । म्यानचेस्टर सिटीका केली वालकरले आत्मघाती गोल गरे ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ अंक भएको छ ।
म्यानचेस्टर सिटीले गर्यो गोलको वर्षा
0
Share.
Comments