एजेन्सी, २९ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेल खेलेपछि बार्सिलोनाको लगातार विजयी यात्रा टुंगिएको छ । यो सिजनका सुरुका सात खेलमा जित निकालेको लिग लिडर क्याटलान क्लब बार्सिलोना गएराति भएको खेलमा एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएपछि विजयी टुंगिएको हो ।
घरेलु मैदानमा भएको खेलमा २१ औं मिनेटमा साउल निगुएजको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लियो । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि लुइस स्वारेजले ८२ औं मिनेटमा बराबरी गोल फर्काएर हारबाट जोगाए ।
बार्सिलोना बराबरीमा रोकिएपछि यसको फाइदा रियललाई भएको छ । यसअघि गेटाफेलाई २–१ गोलअन्तरले हराएको रियलले बार्सिलोनासँगको दुरी ५ अंकमा झारेको छ ।
बार्सिलोना एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो
0
Share.
Comments