काठमाडौं, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले हारेको छ । हङकङले दिएको १९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले ३४.५ ओभर अल आउट हुदै १ सय ११ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । आरिफ शेख २३, विनोद भण्डारी १८, सोमपाल कामी ११ र सागर पुन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । सुशन भारीले १ रन बनाए भने वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न हङकङका एहसान खानले सर्वाधिक ५ विकेट लिए । त्यस्तै ऐजाज खानले तीन, तनवीर अफजल र के क्रिस्टीले एक एक विकेट लिए ।
यस अघि हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।
बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी, बसन्त रेग्मीले दुई–दुई र सुशन भारीले एक विकेट लिए ।
सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव थियो। अब डिभिजन २ मा शिर्ष २ स्थानमा रहेर बिश्वकप छनौटमा सहभागी हुने नेपालको सम्भावना भने कायमै छ ।
नेपाल हङकङसंग ८३ रनले हार्यो
0
Share.
Comments