एजेन्सी, २५ असोज । पानामा आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत आजबिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामा विश्वकपका लागि छनौट भएको हो ।
पानामाका लागि रोमन टोरेसले ५२ र ८८ औं मिनेटमा गोल गरे । यस्तै, कोस्टारिकाका लागि ३६ औं मिनेटमा भेनेगासले गोल गरे ।
कोस्टारिका यसअघि नै विश्वकपमा लागि छनौट भई सकेको छ । पानामा विश्वकपमा पहिलोपटक छनौट भएको हो ।
यस्तै मेक्सिकोलाई ३–२ ले हराएको होण्डुरसले प्ले–अफमा स्थान बनाएको छ । मेक्सिको यसअघि नै छनौट भइसकेको छ । होण्डुरसले अब विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग दुई लेगको प्ले–अफ खेल्नेछ ।
यसैगरी, अमेरिका ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएपछि उसले विश्वकप खेल्न नपाउने भएको छ ।
पानामा विश्वकपमा छानियो, अमेरिका भने छनौट हुन सकेन
0
Share.
Comments