एजेन्सी, २५ असोज । उरुग्वे आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत आज बिहान भएको अन्तिम खेलमा उरुग्वेले बोलिभियालाई ४–२ ले हराएर विश्वकपका लागि छनौट भएको
हो ।
उरुग्वेका लागि ३९ औं मिनेटमा मार्टिन कासेरेसले, ४२ औं मिनेटमा एडिसन काभानीले र लुइस स्वारेजले ६० र ७६ औं मिनेटमा गरी दुई गोल गरे । त्यस्तै, बोलिभियाले दुई गोल नै उपहार पाएको थियो । २४ औं मिनेटमा उरुग्वेका गास्तोन सिल्भाले र ७९ औं मिनेटमा उरुग्वेकै डिएगो गोडिनले आत्मघाती गोल गरेका थिए उरुग्वे ३१ अंकसहित दोस्रो स्थानमा रहँदै रुस विश्वकपका लागि छनौट भएको हो ।
उरुग्वे विश्वकपमा छानियो
0
Share.
Comments