एजेन्सी, २४ असोज । सर्बिया आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले छनौट चरणको अन्तिम खेलमा गएराति जर्जियालाई १–० ले हराएर विश्वकपमा छनौट भएको हो ।
सर्बियाका लागि ७४ औं मिनेटमा एलेक्सान्डर प्रिजोविकले गोल गरे । सर्बिया सन् २०१० पछि आगामी वर्ष हुने विश्वकपमा फर्किएको हो । समूह ‘डी’ अन्तर्गत राति नै भएको खेलमा अस्ट्रियाले माल्डोभालाई १–० ले हरायो ।
सर्बिया विश्वकप फुटबलका लागि छनौट
0
Share.
Comments