एजेन्सी, २३ असोज । पोल्याण्ड आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ई’ मा रहेको पोल्याण्डले गएराति भएको समूह चरणको अन्तिम खेलमा मन्टेनेग्रोलाई ४–२ ले हराउँदै विश्वकपका लागि छनौट भएको हो ।
पोल्याण्डका लागि क्रिजिस्तोफ माजिन्स्की, कामिल ग्रोसिस्की, रोबर्ट लेवानडोस्कीले एक एक गरे भने र मन्टेनेग्रोका फिलिप स्टोज्कोविकले आत्मघाती गोल गरे । त्यस्तै, मन्टेनेग्रोका लागि स्टीफन मुगोसा र जार्को तोमासेविकले एक एक गोल गरे ।
समूह ‘ई’ अन्तर्गत नै डेनमार्कले रोमानिया तथा अर्मेनियाले काजखस्तानसँग समान १–१ को बराबरी खेले । डेनमार्क समूहको दोस्रो स्थानमा रहँदै प्ले–अफमा स्थान बनाउन सफल भएको छ ।
पोल्याण्ड विश्वकप फुटबलका लागि छनौट
0
Share.
Comments