एजेन्सी, २३ असोज । रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा साबिक विजेता जर्मनीले आफ्नो अन्तिम खेलमा अजरबैजानलाई ५–१ ले हराएको हो ।
जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे । ५४ औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि ३४ औं मिनेटमा रामिल शेदभले एक गोल फर्काए ।
जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ । यसक्रममा उसले कीर्तिमानी ४३ गोल गरेको छ । यहि समूहको खेलमा नर्दन आयरल्याण्ड भने नर्वेसँग १–० ले पराजित भयो । यस्तै चेक गणतन्त्रले सान मारिनोलाई ५–० ले हरायो । पराजित भएर पनि दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने भएको छ ।
जर्मनीले अजरबैजानलाई ५–१ ले हरायो
0
Share.
Comments