एजेन्सी, २२ असोज । अफ्रिकाबाट नाइजेरिया विश्वकप २०१८ का लागि छनौट हुने पहिलो टिम बनेको छ । गएराति भएको खेलमा जाम्बियालाई १–० ले हराउँदै नाइजेरिया छनौट हुने पहिलो टिम बनेको हो ।
नाइजेरियाका लागि सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका एलेक्स इओबीले ७३ औँ मिनेटमा गोल गरेका थिए ।
विश्वकपको अफ्रिका अन्तर्गतको छनौट खेलमा समूह ‘बि’ मा रहेका नाइजेरिया समूह विजेता बन्दै छनौट भएको हो ।
अफ्रिकाबाट नाइजेरिया विश्वकप २०१८ का लागि छनौट हुने पहिलो टिम
0
Share.
Comments