एजेन्सी, २० असोज । सन् २०१८ मा हुने रसिया विश्वकपको लागि स्थान ब्राजिल बोलिभियासँग बराबरीमा रोकिएको छ । बोलिभियाको घरेलु मैदान स्टेडियो हर्नान्डो साइल्समा गएराति भएको खेलमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको प्रयासलाई बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले विफल पारिदिए । लाम्पेले पाँचवटा उत्कृष्ट बचाउ गरे । बोलिभिया पुछारबाट दोस्रो स्थानमा रहेको छ भने विश्व कपको छनौट यात्राबाट बाहिरिसकेको छ । दक्षिण अमेरिकाबाट बोलिभियासहित इक्वेडर र भेनेजुएला पनि बाहिरिइसकेका छन् ।
सन् १९३० देखि सुरु भएको विश्वकप फुटबलमा प्रत्येक पल्ट सहभागी हुने एक मात्र टोली ब्राजिल हो ।
बोलिभियासँग ब्राजिल बराबरीमा रोकियो
0
Share.
Comments