एजेन्सी, २० असोज । इंग्ल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छनोट भएको छ । इंग्ल्याण्ड १ खेल बाँकी हुँदै २०१८ को विश्व कपमा छनोट भएको हो ।
गएराति भएको खेलमा इङ्ल्यान्डले स्लोभेनियालाई वेम्ब्ली मैदानमा १-० ले पराजित गर्यो । इंग्ल्याण्डका लागि इन्जुरी समयमा क्याप्टेन ह्यारी केनले गोल गरे ।
समूहको अर्को खेलमा स्कटल्याण्डले स्लोभाकियालाई १-० ले पराजित गर्दै दोस्रो हुने सम्भावना जीवित राखेको छ । समूह ‘एफ’ मा पहिलो स्थानमा रहेको इङ्ल्यान्डको २३ अंक छ भने स्कटल्याण्डको १७ तथा स्लोभाकियाको १५ र स्लोभेनियाको १४ अंक छ ।
इङ्ल्यान्ड विश्व कपमा छनोट
0
Share.
Comments