एजेन्सी, १९ असोज । अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा सन् २०३० को विश्वकप फुटबल आयोजनाका लागि प्रस्ताव पेश गरेका छन् । तीन दक्षिण अमेरिकी देश अर्जेन्टिना, उरुग्वे र पाराग्वेका राष्ट्रपतिले हिजो विश्वकप फुटबल २०३० संयुक्त रुपमा आयोजनका लागि विश्व फुटबलको प्रशासकीय निकायमा दाबेदारी पेश गर्ने घोषणा गरेका हुन् ।
सन् २०३० को विश्वकप आयोजनका लागि फिफाले कम्तिमा अझै चार महिना दाबेदारी खुल्ला गर्दैन । तर विभिन्न देशले त्यसका लागि तयारी भने सुरु गरिसकेका छन् ।
सन् २०३० को विश्वकप ऐतिहासिक छ, यो अर्थमा कि त्यसबेला विश्वकप फुटबल सुरु भएको एक सय वर्ष पुग्ने छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल पहिलो विश्वकप थियो ।
अर्जेन्टिना, उरुग्वे र पाराग्वेको विश्वकप फुटबल २०३० का लागि संयुक्त दाबेदारी
0
Share.
Comments