एजेन्सी, ९ असोज । आज नेपालले बंगलादेशसँग खेल्दै छ । भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा आज नेपालले बंगलादेशसँग खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा फाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल महत्वपूर्ण हुनेछ । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
अर्को खेलमा भारतले माल्दिभ्ससँग खेल्दे छ । नेपाललाई उपाधि रक्षा गर्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
नेपाल र बंगलादेश भिड्दै
0
Share.
Comments