एजेन्सी, ८ असोज । लिभरपुलले लेस्टर सिटीलाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–२ ले हराएको हो ।
लिभरपुलका लागि मोहमद सालह, फिलिप कोन्टिन्हो र जोर्डन हेन्डर्सनले गोल गरे । लेस्टरका लागि शिन्जी ओकाजाकी र जेमी भर्डीले गोल गरे ।
जितपछि लिभरपुलको ६ खेलबाट ११ अंक सहित पाँचौं स्थानमा छ । चार अंक मात्रै जोडेको लेस्टर १६ औं स्थानमा छ ।
लिभरपुलले लेस्टर सिटीलाई हरायो
0
Share.
Comments