एजेन्सी, ८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा लिडर म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० ले हराएर शानदार जित दर्ता गरेको हो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा लिरोय साने, सर्जियो अग्यु्रो र फाबियन डेल्फले एक एक गोल गरे ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १६ अंक भएको छ । समान १६ अंक भएको म्यानचेस्टर युनाइटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वाट्फोर्डले स्वान्सी सिटी तथा एभर्टनले बोर्नमाउथलाई समान २–१ ले हरायो ।
म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० ले हरायो
0
Share.
Comments