एजेन्सी, ८ असोज । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३–० ले हराएर विजयी यात्रा कायम राखेको हो । बार्सिलोनाको यो लगातार छैटौं जित हो ।
अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले ६९ औं मिनेटमा गोल गरे भने अन्य दुई गोल जिरोनाका खेलाडीद्वारा आत्मघाती गोल भएको थियो ।
खेलको १७ औँ मिनेटमा जोर्डी अल्बाले गरेको प्रहार जिरोनाका आर्डे बेनिटेजलाई लागेर गोलपोस्टभित्र छिरेको थियो । त्यस्तै एलेक्स भिडालको ४८ औँ मिनेटको प्रहार जिरोनाको गोलरक्षक गोर्का इराइजोजलाई लागेर पोस्टको दिशा लिएको थियो ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाको विजयी यात्रा कायमै
0
Share.
Comments