काठमाडौं, ६ असोज । साफ यू १८ फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल माल्दिभ्ससँग खेल्दै छ । पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत नेपालले आज दोस्रो खेल माल्दिभ्ससँग खेल्न लागेको हो ।
बुधबार नेपाल पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ ।
प्रतियोगितामा अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ ।
हालसम्म भुटान र बंगलादेशको समान ६ अंक छ भने नेपाल, भारत र माल्दिभ्स अंक विहिन छन् ।
आज नेपाल र माल्दिभ्स भिड्दै
0
Share.
Comments