एजेन्सी, ३ असोज । बार्सिलोनाबाट पहिलो पटक पहिलो रोजाइमा परेको खेलमा फ्रान्सेली स्ट्राइकर औसमाने डेम्बेले चोटग्रस्त हुन पुगेका थिए । गेटाफेसँग खेलमा लागेको चोटले उनी कम्तीमा ४ महिना मैदान बाहिर रहनु पर्ने बताइएको छ ।
डेम्बेलेको चोटले बार्सिलोनालाई त प्रत्यक्ष असर परिसकेको छ । त्योसँगै उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई पनि असर पर्ने सम्भावना बढेको छ । बार्सिलोनासँगको सम्झौता अनुसार डेम्बेलेले यो सिजन ५० खेल खेले भने जर्मन क्लब डर्टमन्डले थप १० मिलियन युरो पाउने सर्त थियो ।
तर, अब डेम्बेलेको यो सिजन बार्सिलोनाबाट ५० खेले खेल्ने सम्भावना कम भएको छ । बार्सिलोनाले डेम्बेलेका लागि प्रारम्भिक कीर्तिमानी १ सय ५ मिलियन युरो तिरेको थियो । विभिन्न सर्तहरूसहित लागत १ सय ४७ मिलियन युरो पुग्ने सम्भावना थियो ।
बार्सिलोनाका डेम्बेलेको चोटले डर्टमन्डलाई पनि घाटा
0
Share.
Comments