काठमाडौं, १ असोज । हङकङमाथि पाँच विकेटको हराउँदै नेपाल यु १९ एसिया कप छनौटको उपाधि जित्न सफल भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा आज भएको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको हराउँदै उपाधि जित्न सफल भएको हो ।
टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो ।
हङकङको ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए । यस्तै प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे । सन्दिप सुनारले समान १९ रन बनाए । अनिलकुमार साह १६ रनमा आउट भए ।
यसअघि हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र सोहेब आलमले ३/३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १/१ विकेट लिए । मित महर्जन र आसिफ शेखले हङकङका १/१ ब्याट्स्म्यानलाई रनआउट गरे । यो जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।
हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन
0
Share.
Comments