एजेन्सी, १ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले गएराति भएको खेलमा गेटाफेलाई २–१ ले हराएर चौथो जित दर्ता गरेको हो ।
अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन डेनिस स्वारेज र पाउलिन्होले एक एक गेल गरे । गेटाफेका लागि शिबासाकीले एक गोल गरे । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले मालागालाई १–० ले हरायो । एथ्लेटिकोको नयाँ रंगशालामा भएको खेलमा घरेलु टिमलाई जिताउन एन्टोनी ग्रिजम्यानले ६१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
राति नै भएका अरु खेलमा रियल बेटिसले डिप्रोटिभो डि लाकोरुनालाई २–१ ले हरायो । भ्यालेन्सिया र लेभान्टेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
बार्सिलोनाले लगातार चौथो जित
0
Share.
Comments