एजेन्सी, ३१ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा बोर्नमाउथले क्लब ब्राइटनलाई २–१ ले हराएर पहिलो जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले गोल गरे । यहि सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब ब्राइटनका लागि सोली मार्चले एक गोल गरे ।
पाँच खेलबाट मात्रै तीन अंक जोडेको बोर्नमाउथ पुछारबाट दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकसहित ब्राइटन १४ औं स्थानमा छ ।
ब्राइटनलाई हरायो बोर्नमाउनले
0
Share.
Comments