एजेन्सी, ३० भदौ । युरोपा लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ । युरोपा लिगमा ‘डेब्यु’ गरिरहेको इङ्ग्लिस टोली आर्सनलले पहिलो खेलमा जर्मनीको एफसी कोलोनलाई ३–१ ले हराएर विजयी सुरुवात गरेको हो ।
आर्सनलको जितमा सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले गोल गरेका थिए । त्यस्तै, कोलोनका लागि जोन कोर्डोबाले गोल गरेका थिए ।
आर्सनल रहेको समूह एचको अर्को खेलमा भने रेड स्टार बेल्ग्रेड र बेट बिरोसोभले १–१ को बराबरी खेले । त्यस्तै गएराति भिलारियलले एफसि एस्टानामाथि ३–१ को जित निकाल्यो । एसी मिलानले पनि अष्ट्रिया भेनामाथि ५–१ को सहज जित दर्ता गर्यो । अर्को इङ्ग्लिस टोली एभर्टन भने एटालान्टाविरुद्ध ३–० ले पराजित भयो ।
आर्सनलले कोलोनलाई ३-१ ले हरायो
0
Share.
Comments