काठमाडौं, २८ भदौ । साफ यू–१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । आगामी असोज २ देखि ११ गतेसम्म भुटानमा आायोजना हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा भुटान, माल्दिभ्स, बंगलादेश, भारत र नेपालको सहभागी रहेको छ भने पाकिस्तान र श्रीलंकाले सहभागिता जनाएका छैनन् । प्रतियोगिता लिग प्रणाालीमा सञ्चालन हुनेछ । सहभागी पाँच टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।
प्रतियोगिताको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल असोज ४ गते घरेलु टोली भुटानसँग, असोज ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ ।
साफ यू–१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
0
Share.
Comments