एजेन्सी, २८ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकलाई हराएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा पिएसजीले सेल्टिकलाई ५–० गोलले हराएको हो ।
पिएसजीको जितमा नेइमारले १९ औँ मिनेटमा, एम्बाप्पेले ३४ औँ मिनेटमा, काभानिले ४० औँ र ८५ औँ मिनेटमा गोल गरे । सेल्टिकले ८३ औँ मिनेटमा एक आत्मघाती गोल गरेको थियो ।
सेल्टिकले अहिलेसम्म च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल जितेको छैन ।
पिएसजीले सेल्टिकलाई ५-० ले हरायो
0
Share.
Comments