एजेन्सी, २८ भदौ । च्याम्पियन्स लिग फुटबलमा युभेन्टसलाई बार्सिलोनाले हराएको छ । गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे । यस्तै इभान र्याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे । यो खेलबाट बार्सिलोनाले गत सिजनमा युभेन्टससँग व्यहोरेको हारको बदला पनि लिएको छ ।
समूह ‘डी’ को अर्को खेलमा स्पोर्टिङ्ग सिपीले ओलम्पियाकसलाई २–३ ले हरायो ।
युभेन्टसलाई बार्सिलोनाले हरायो
0
Share.
Comments