एजेन्सी, २७ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले पहिलो जित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा वेष्ट ह्यामले हडर्सफिल्डलाई २–० ले पराजित ग री पहिलो जित दर्ता गरेको हो ।
वेष्ट ह्यामको जितमा पेट्रो ओबियाङले ७२ औं मिनेटमा र आन्ड्रे आयुले ७७ औं मिनेटमा गोल गरे ।
पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । पराजित भएको हडर्सफिल्ड सात अंकसहित छैटौं स्थानमा छ ।
वेष्ट ह्यामको पहिलो जित
0
Share.
Comments