काठमाडौं, २६ भदौ । एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले वियजी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनले हराएर वियजी सुरुवात गरेको हो ।
नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपालको घातक बलिङका सामू निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे ।
यसअघि मलेसियाको ओमन क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे ।
त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।
थाइल्याण्डमाथि नेपालको शानदार जित
0
Share.
Comments