एजेन्सी, २६ भदौ । केभिन एन्डरसनलाई हराउँदै राफायल नाडालले युएस ओपन सिंगल्सको उपाधि जितेका छन् । विश्व नम्बर एक नाडालले दक्षिण अफ्रिकाका एन्डरसनलाई ६–३, ६–३,६–४ को सोझो सेटमा हराएर उपाधि जितेका हुन् ।
३१ वर्षीय नाडालले एन्डरसनलाई हराउँदै तेस्रो पल्ट युएस ओपनको च्याम्पियन बनेका हुन् । यसै वर्ष मात्रै फ्रेन्च ओपनको उपाधिसमेत जितेका उनको यो १६ औं ग्रान्डस्लाम उपाधि हो ।
ग्रान्डस्लाम उपाधिमा स्विट्जरल्याण्डका रोजर फेडरर नाडालभन्दा अगडि छन् । उनले १९ वटा ग्रान्डस्लाम जितेका छन् ।
एन्डरसनलाई हराउँदै नाडालले जिते युएस ओपन सिंगल्सको उपाधि
0
Share.
Comments