काठमाडौं, २३ भदौ । एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली आज मलेसिया प्रस्थान गरेको छ । प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको १४ खेलाडीसहितको नेपाली टोली आज विहान मलेसिया गएको हो ।
आइतबारबाट सुरु हुने प्रतियोगितामा नेपालले आउँदो सोमबार थाइल्याण्डसँग, बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ ।
समूह ’बि’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाउनेछ ।
नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
0
Share.
Comments