एजेन्सी, २२ भदौ । महिला एकल तर्फ अमेरिकी म्याडिसन किज युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । १५ औं बरियताकी किजले काए कानपीलाई ६–३ र ६–३ को सेटमा हराउँदै सेमिफाइनलमा पुगेकी हुन् ।
उनीसँगै महिला एकलको सेमिफाइनलमा सबै अमेरिकी खेलाडी पुगेका छन् । यसअघि कोको वान्डवे, भेनस विलियम्स र स्लोन स्टीफन्सले सेमिफाइनलमा पुगेका थिए ।
यस्तै विश्व नम्बर चार रोजर फेडेररलाई हराउँदै अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । २४ औं बरियताका डेल पोत्रोले स्वीस फेडेररलाई ७–५, ३–६, ७–६ (१०–८) र ६–४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
डेल पोत्रोले अब फाइनलमा प्रवेशका लागि विश्व नम्बर एक राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।
Comments