एजेन्सी, २१ भदौ । अमेरिकी टेनिस स्टार भेनस विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । आज बिहान भएको खेलमा पेट्रा किविटोवालाई हराएर सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
३७ वर्षकी भेनसले किविटोवालाई ६–३, ३–६ र ७–६ को सेटमा हराएकी हुन् । भेनस २३ औं पटक ग्राण्डसलामको सेमिफाइनलमा पुगेकी हुन् । भेनसले अब सेमिफाइनलमा स्लोअन स्टीफन्ससँग प्रतिस्पर्धा गर्ने छिन् ।
अमेकिरी स्टीफन्सले लात्भियाकी एनास्तासिजना सेवस्तोवालाई ६–३, ३–६ र ७–६ को सेटमा हराएर सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
यस्तै पुरुष एकलतर्फ स्पेनका पाब्लो कार्रिनो बुस्टा सेमिफाइनलमा पुगेका छन् । उनले अर्जेन्टिनाका गिएगो श्वार्ट्जम्यानलाई ६–४, ६–४ र ६–२ को सेटमा हराएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । उनी पहिलो पटक युएस ओपनको सेमिफाइनलमा पुगेका हुन् ।
भेनस विलियम्स सेमिफाइनलमा
0
Share.
Comments